नुवाकोट ।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ४ महिने जनतासँग माओवादी अभियान नुवाकोटको म्यागङ गाउँपालिकामा आइतबार सम्पन्न भएको छ ।
अभियानको अन्तिम दिन एकदिने पार्टी स्कूल कार्यक्रम समेत सञ्चालन भएको बाग्मती प्रदेश सदस्य नारायण नेपालले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सदस्य मिना वाइवा बिमाले पार्टी स्कुलको महत्वबारे, बद्री प्याकुरेलले सूचना प्रविधि, कम्युनिस्ट आन्दोलनको इतिहासबारे नारायण नेपाल, संगठनात्मक सिद्धान्तबारे पार्टी जिल्ला संयोजक पुस्प लामिछाने संघीयता जातीय सवाल र मार्क्सवादबारे स्थायी समिति सदस्य परशुराम तामाङले प्रशिक्षण दिनुभएको छ ।
माओवादीले म्यागङमा दिम दिम री माओवादी ,सेम सेम री माओवादी नाराका साथ अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा जनश्रमदान, पार्टी पुनर्गठन लगायतका कार्य सञ्चालन भएका थिए ।