बाँके ।
क्वारेन्टाईनमा रहेका २५ बर्षिय युवकको मृत्युसँगै नेपालमा कोरोना संक्रमणको त्रास उच्च भएको छ । भारतको मुम्बईबाट आएर बाँकेको नरैनापुरमा क्वारेन्टाईनमा बसेका २५ बर्षिय युवकको मृत्युपछि मात्रै कोरोना संक्रमणको पुष्टी भएको हो ।
दुई साता लामो यात्रा गरेर नेपाल आएका उनको हातखुट्टा सुन्नीएको थियो राती ज्वरो आएको र दुईपटक वान्ता गरेको बताईएको छ । उनलाई एम्बुलेन्समा राखेर अस्पताल लैजान एम्बुलेन्स खोज्दा खोज्दै मृत्यु भएको थियो ।
क्वारेन्टाइनमा बसेका उनलाई एक दिनअघि नै वाकवाकी लाग्ने समस्या थियो । शनिबार राति लगातार दुई घण्टा वान्ता गरेका थिए ।
ती युवालाई वैशाख ३० गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । कुल २ सय ९२ जनामा कोरोना संक्रमण हुँदा ३६ जना निको भइसकेका छन् ।
Recent Comments