सेयर
बाँके ।
बागेश्वरी असल शासन क्लव बास नेपालको आयोजनामा सोमबार पाँच जिल्ला शाखामा भ्रष्टाचार बिरुद्ध कविता वाचन कार्यक्रम गरिएको छ ।
बाँके शाखाले बास नेपालको शुसासन हलमा, दैलेख शाखाले दैलेख बजार स्थित नारायण क्याम्पसमा, जुम्ला शाखाले जुम्ला सदरमुकाम बजारमा र सिराहा शाखाले सिराहाको सारश्वरनाथ माध्यमिक बिद्यालयमा कविता वाचन कार्यक्रम गरेको छ । भने स्याङजा शाखाले भ्रष्टाचार बिरुद्धको कविता युटुबमा वाचन गरी कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।
बाँके शाखाको आयोजनामा शुसासन हलमा आयोजना गरिएको उक्त कविता वाचन कार्यक्रममा साहित्यकारहरू खगेन्द्र गिरी कोपिला, बालकृष्ण शर्मा,वीपी अस्तु,भीम प्रज्वल र दिला शाहले भ्रष्टाचार बिरुद्ध तथा गाउँठाउमा हुने बिभिन्न बिकृति बिसंगतिका बिरुद्ध कविताहरू वाचन गरेका थिए । साथै जीत जंग कटेल,महेन्द्र ढुङ्गाना र तपेन्द्र मलाती ले पनि भ्रष्टाचार बिरुद्धका कविता वाचन गरेका थिए । ४० जनाको सहभागीतामा आयोजना गरिएको कविता वाचन कार्यक्रमको स्वागत तथा कार्यक्रमको उद्देश्यमाथी बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रष्ट पारेका थिए । कार्यक्रमको अध्यक्षता बास नेपाल बाँके शाखाका अध्यक्ष शोभा थापा मगरले गरकी थिईन भने कार्यक्रम सञ्चालन बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र मलातीले सञ्चालन गरेका थिए ।
त्यसैगरी बास नेपाल दैलेख शाखाको आयोजनामा दैलेख बजार स्थित नारायण क्याम्पसमा आयोजना भएको भ्रष्टाचार बिरुद्ध कविता वाचन कार्यक्रममा ४ जना स्रष्टाहरूले भ्रष्ट्राचार बिरुद्ध कविता वाचन गरेका थिए । बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नारायण क्यामपस दैलेखका प्रमुख नर बहादुर शाही रहनुभएको संस्थाका सह सचिव बविता प्याकुरेलले जानकारी दिएकी छन् ।
कार्यक्रममा बोल्दै प्रमख अतिथि क्याम्पस प्रमुख शाहीले आफू जहा छौ त्यहीबाट भ्रष्ट्राचार विरुद्ध अभियान चलाउनुपर्ने बताए । भ्रष्ट्राचार भनेको अवैद्ध पैसा कमाउनु मात्र नभइ काम ठग्ने पनि भ्रष्ट्रचार हो । उनले भने कुनै विद्यार्थीले चिट चोरेको बेलामा शिक्षकले चिनेजानेको भरमा विद्यार्थीबाट चिट नतान्ने हो भने त्यहाँ नि र पनि भ्रष्ट्राचार भएको मान्न सकिन्छ । बास नेपालले जुन अभियान चलाएको छ त्यसमा सबैले साथ दिनुपर्छ कविताको लागि क्यामपसमा कार्यक्रम गरिदिएकोमा बास नेपाललाई धन्यवाद प्रमुख शाहीले दिएका दिए ।
उक्त कार्यक्रममा कविता वाचन गर्ने ४ जनालाई सम्मान पत्र बितरण गरिएको थियो । कार्यक्रमको संचालन बास नेपाल दैलेखका सदस्य एवं साहित्यकार जंग बोगटीले गरेको थिए ।
बास नेपाल जुम्ला शाखाको आयोजनामा सदरमुकाम स्थित कृष्ण मन्दिर मा आयोजना गरिएको भ्रष्टाचार बिरुद्धको कविता वाचन कार्यक्रममा बिद्यार्थी भाईबहिनीहरूका साथै विभिन्न क्षेत्रका ब्यक्तिहरूले गरी २० जना श्रष्टाहरूले कविता वाचन गरेका थिए । एक सय बढी सहभागीताका साथ आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि चन्दननाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बृख बहादुर कार्की रहेका थिए भने कार्यक्रमको अध्यक्षता बास नेपाल जुम्ला शाखाका कार्यबाहक अध्यक्ष अनिता क्षेत्रीले गरेकी थिईन् । काविता वाचन गर्ने सबै श्रष्टाहरूलाई प्रमाणपत्र बितरण गरिएको कार्यक्रमको सञ्चालन बास नेपाल जुम्ला शाखाका सचिव प्रेम बिष्ट र सदस्य बिक्रम तिरुवाले गरेका थिए ।
त्यसैगरी बास नेपालको सिराहा शाखाले सिराहाको सारश्वरनाथ माध्यमिक बिद्यालयका बिद्यार्थीहरूमाझ कार्यक्रमको आयोजना गरी भ्रष्टाचार बिरुद्ध कविता वाचन गरिुएको बास नेपाल सिराहा शाखाका सल्लाहकार पर्सुराम शाहले बताएका छन् । त्यसैगरी भ्रष्टाचार बिरुद्ध ऐकेबद्धता जनाउन बास नेपाल स्याङजा शाखाका सल्लाहकार हरी प्रसाद ढकालले आजै भ्रष्टाचार बिरुद्धको कविता वाचन गरी युटयुबमा अपलोड गरेका छन् ।
shere this