काठमाडौं-
कोरोना भाइरस संक्रमणबाट विश्वभरि ज्यान गुमाउनेको संख्या एक लाख १९ हजार ११३ जना पुगेका छन् । यसैगरी ४३ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट इटली भन्दा अमेरीका ३ हजार १ सय ७५ संख्याले बढी प्रभावित बनेको छ ।
अमेरिकामा हालसम्म ५ लाख ७७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या २३ हजार ६ सय ४० पुगेको छ । भने इटलीमा २० हजार ४ सय ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विश्वको महाशक्ति राष्ट्र अमेरिकामा कोरोना महामारी फैलिदा सम्म पनि अमेरिकी सरकारले लकडाउन गरेको छैन ।
कोरोना संक्रमणले मुख्य गरेर अमेरिकाको न्यूयोर्कमा प्रभावित बनाएको छ । न्यूयोर्कमा मात्रै १ लाख ९५ हजारभन्दा बढी संक्रमित छन् भने मृतकको संख्या १० हजार बढी छ ।
न्यूयोर्कपछि न्यूजर्सीमा २ हजार ४ सय ४३, मिशिगनमा १ हजार ४ सय ८७, लुसियानामा ८ सय ८४ र म्यासाच्युसेट्समा ७ सय ५६ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।