काठमाडौं ।
नेपालमा नयाँ तीन जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली र कन्चनपुरमा नयाँ संक्रमित फेला परेका छन् । नयाँ संक्रमित दुइ जना भारतबाट आएका र एकजना विदेशबाट आएका विरामीले घरका सदस्यमा सारेको पाईएको छ ।
नयाँ संक्रमित संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन् । यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो । अर्का संक्रमित कैलालीको लम्की निवासी पुरुष हुन् ।
२१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। त्यसैगरी कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्वारेन्टाइनमा राखिएका उनमा पनि गएराती कोरोना पुष्टि भएको हो। तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ।