प्रिय कमरेड प्रेमजी
आजकाल तपाईको विषयमा रसुवाको सम्पूर्ण गाउघर, जिल्ला र शहरबजारमा ब्यापक हल्ला खल्ला भई चर्को रूप लिइरहेको छ । त्यो चाहे आदर्श इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. को शेयर प्रकरण होस् या तपाईंले चालेका राजनैतिक कदमले काँग्रेस पार्टीको आन्तरिकजस्तो देखिने तर खुल्ला खुल्लै काँग्रेस पार्टी भनेर तपाईंले गरेको हरेक क्रियाकलापबाट सम्पूर्णमा जग जाहेर छँदैछ । आज म मेरो दिलैदेखि तपाईंलाई सम्झन गैरहेको छु । त्यसकारण पनि म तपाईलाई सम्झन चाहन्छु किन भने तपाई हिजो पनि आज पनि र भोली पनि मेरो नेता हो ।
आउनुस्, अन्य पार्टी मुतको न्यानो एक छिनको हो भन्ने कुरा तपाईंले बुझ्नुभयो पनि होला । त्यसैले हामी एकचोटी फेरि रसुवामा माओवादी पार्टीलाई एक नम्बरको पार्टी बनाउन सकिन्छ कुनै समस्या छैन ।
मलाई कहिल्यै पनि लाग्दैन कि आलोचना बिनाको नेता हुन्छ भनेर ! त्यसैले म तपाईलाई नेता हो र नेतृत्व पनि हो भन्न हिचकिचाइ रहन्नँ । म यो कुरा ढुक्क भएर जहाँ कही पनि भन्न तयार छु । हुन त कमरेड मैले तपाईंसँग व्यक्तिगत सम्पर्क र भेट नभएको धेरै भइसक्यो होला । म त्यस्तो संकिर्ण मानिस छैन । किनकि एकचोटीमा नै सबै मानिससँगको क्रियाकलाप सिद्धियो अब आवश्यक पर्दैन भन्ने मेरो आदत छैन र मेरो व्यक्तिगत शत्रुता पनि तपाईंसग छैन नै । केवल भयो भने पनि पार्टीगत विषयमा चित्त नबुझेर कार्यशैलीको विरुद्धमा लेखेँ अनि बोलेँ यो भने सत्य हो । मान्छे आ -आफ्नो स्वभावमा हुर्किएको हुन्छ सबैको परिचय आ आफ्नै हुन्छ नै । आज म किन यो कुरा सामाजिक सञ्जाल राख्दैछु भने सबै मानिसको पहुँच यसैमा छ र सबैलाई छिटो छरितो जानकारी यसैले दिने गर्दछ भनेर । कमरेड तपाईं र म नयाँ शक्ति पार्टी रसुवामा निर्माण गर्दै गर्दा धेरै दुःख हामीले गरेका थियौं । त्यसैको परिणाममा स्थानीय निर्वाचनमा आमाछोदुङमो गाउँपालिकामा बुझुङ तामाङलाई प्रमुख बनायौँ । त्यसकै संगठनको बलमा र काँग्रेस पार्टीको गठबन्धनले तपाईं पनि प्रदेश सांसद जित्न सफल हुनुभयो । तर म तपाईं सांसद उठिरहँदा म भने माओवादी पार्टीमा आफ्नो जिम्मेवारी सहित उत्रिसकेको थिएँ । तपाईं सफल हुनुभयो त्यसैले आज प्रदेशमा मन्त्री प्रेम तामाङ हुँदैछ भनेर पनि ठूलै हल्ला खल्ला चल्यो । भइदिएको भए रसुवाले प्रदेश मन्त्री पाउने थियौँ ।
कमरेड कता कता तपाईं पनि मजस्तै पुरानै दुःख गरेको पार्टीमा माओवादी केन्द्रमा फर्कंदा पो तपाईंले खोजेको इज्जत, पद र प्रतिष्ठा प्राप्त गर्न सकिन्छ कि ? एकचोटी तपाईंले गहिरो गरी सोच्दा कसो होला ? हुन
अझै पनि आशा छ मन्त्री बन्ने तपाईंको दौड पुरा होस् शुभकामना व्यक्त गर्दछु । मलाई एउटा कुरा सोध्न मन लाग्यो तपाईंलाई मन्त्री बन्न प्राविधिक कारणले समस्या भएको हो ? या तपाईंलाई तपाईंकै पार्टीले विस्वास नगरेको हो ? अनि मित्र तपाईंलाई तपाईकै कांग्रेसका नेता र काँग्रेस भन्नेहरुले किन तपाईंको अहिले ऐरो खेदो गरेको देखिन्छ अनि सुनिन्छ किन ? कहिले नयाँ शक्तिबाट काँग्रेस भएकाहरुको पार्टी सदस्यमा विवाद रे ! यस्ता सबैखाले कुरा सुन्दा तपाईंले त्यहाँ गएर जितेको पद प्रतिष्ठा त्यहीँबाटै त समाप्त बनाउँदै छैन ? भन्ने आशंका आम मानिसलाई लाग्न थालेको छ त्यो मलाइ समेत । त्यसैले कमरेड कता कता तपाईं पनि मजस्तै पुरानै दुःख गरेको पार्टीमा माओवादी केन्द्रमा फर्कंदा पो तपाईंले खोजेको इज्जत, पद र प्रतिष्ठा प्राप्त गर्न सकिन्छ कि ? एकचोटी तपाईंले गहिरो गरी सोच्दा कसो होला ? हुन त माओवादी केन्द्र रसुवामा तपाईंको खुट्टा तान्ने र उठ्न नदिने प्रवृति बोकेका नेता तपाईंले चिनेरै पो यो पार्टीमा आउन मन नलागेको हो कि ? तर समस्या तपाईंले हिजो बुझ्नुभएको जस्तो हालको माओवादी केन्द्र रसुवाको अवस्था छैन अलि फरक छ । किनकि यहाँ त्यति धेरै नेतृत्व गर्न सक्ने क्षमता भएको नेता र नेतृत्वको हामीले अभाव पाएका छौँ, यो लुकाइरहन पर्दैन ।
त्यसैले हाम्रो माओवदी केन्द्र रसुवामा युद्ध लडेका पुराना भन्ने शिर्ष नेतृत्वलाई सम्मान गर्दै सबै पार्टी सदस्यलाई आत्मसम्मान हुने गरी रसुवा जिल्लाको माओवादी पार्टीलाई तपाईंले हाँक्ने हिक्मतसहित आफूले दुःख गरेर पसिना बगाएर अनि त्यही पार्टीले सम्मान गरेको पार्टीमा तपाईं आउनलाई किन लाज अनि डर ? आउनुहोस् खराब प्रवृति बोकेको जोकोही मान्छेसँग मिलेर जुधौँ र आत्मसम्मानसहित पार्टीको विचार र सिद्धान्तलाई कार्यान्वयन गर्न तपाईंलाई यही पार्टी माओवादी केन्द्र काफी छ, म आग्रह गर्न चाहन्छु । तर तपाईं लागेको पार्टीमा तपाईंले चुनावै जित्नुभयो भने पनि तपाईंलाई आनन्द आउँदैन किनकि त्यहाँ वर्गीय कुरा छैन । त्यहाँ मुक्ति पाउने कुरै केही छैन ।
त्यसैले तपाईं हिजो पनि नेता नै हो आज पनि नेता नै हो र भोली पनि नेता हुने पार्टी माओवादी केन्द्रमा फर्किनुस् यहाँ सबै कुरा छ । यहाँ हिजोको मित्र कमरेड, अपाङ्ग, बेपत्ता र सहिद परिवार तपाईंको पर्खाईंमा छन् । आउनुस्, अन्य पार्टी मुतको न्यानो एक छिनको हो भन्ने कुरा तपाईंले बुझ्नुभयो पनि होला । त्यसैले हामी एकचोटी फेरि रसुवामा माओवादी पार्टीलाई एक नम्बरको पार्टी बनाउन सकिन्छ कुनै समस्या छैन । तपाईंको रहर हामी माओवादीहरूले नै पुरा गर्छौं अन्य पार्टीले पुरा गर्दैनन् ढुक्क हुनुस् । तपाईं केन्द्रका नेता चहारेर हिँड्नपर्ने बाध्यता पनि पर्ने छैन । यहाँ सबै कुरा मिल्छ र पाइन्छ कमरेड बेलैमा विचार पुर्याउन आग्रह गर्दछु ।
उही तपाईंको मित्र
राम शरण कुइकेल
माओवादी केन्द्रको (सचिवालय सदस्य ) हाल जिल्ला समन्वय सहस्य प्रदेश ख संयोजक
Recent Comments