नुवाकोट ।
नेकपा माओवादी केन्द्रको रुपान्तरण अभियानका क्रममा विभिन्न दलमा सक्रिय रहेका युवा नेता कार्यकर्ता आफू आबद्ध पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् । गाउँ र टोल केन्द्रित अभियानका क्रममा फरक फरक पार्टीमा सक्रिय युवाहरुले माओवादी पार्टीमा लामबद्ध हुन इच्छा देखाएपछि अभियानमा खटिएका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेको नेकपा माओवादी केन्द्रकी जिल्ला नेतृ प्रभा बोगटीले जानकारी दिनुभयो ।
शनिबार नुवाकोटको बिदुर – ६, मान्द्रेढुङ्गाका विभिन्न युवाहरु माओवादीमा लामबद्ध भएका छन् । राजन राई, जीवन राई, थरी राई, इन्द्रबहादुर राई, जीतबहादुर राई, लगाएत युवाहरु नेकपा (माओवादी केन्द्र) मा आबध्द भएको बोगटीले जानकारी दिनुभयो । पार्टीमा आबद्ध हुन चाहने युवाहरुलाई जिल्ला सहइन्चार्ज हिरानाथ खतिवडाले स्वागत गर्नुभएको थियो ।









































