नुवाकोट ।
ककनी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितमा भवानी मा.वि रानीपौवा ११ पदकसहित प्रथम भएको छ । यही माघ २३ गतेदेखि २५ गतेसम्म भएको प्रतियोगिताका विभिन्न विधामा भवानी मा.वि.ले ५ स्वर्ण, २ रजत र ४ कास्यसहित ११ पदक हात पारेको हो । यस्तै मुकुन्देश्वरी मा.वि.ले ३ स्वर्ण, १ रजत र १ कास्य गरी ५ पदकसहित दोस्रो स्थान हासिल गरेको छ ।

कुल ४७ पदकका लागि भएको प्रतियोगितामा भवानी मा.वि. कागतीगाउँले २ स्वर्ण १ रजत र २ कास्य प्राप्त गरेको छ । महेन्द्र मा.वि.ले २ स्वर्ण र २ रजत हात पारेको छ । कूल १४ विद्यालय सहभागी प्रतियोगितामा लाङ्टाङ स्नो भ्यू इङ्लिस स्कूल, अरुणोदय मा.वि., ओखरपौवा मा.वि. र राष्ट्रिय मा.वि. ले १/१ स्वर्ण प्राप्त गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले गाउँपालिकामा खेलकुदको विकास र खेलाडीको स्तरोन्नतीका लागि पालिका सधैँ तयार रहेको बताउनुभयो । यस्तै खेलाडीहरुलाई पदक वितरण गर्दै समापन कार्यक्रमकी प्रमुख अतिथि ककनी गाउँपालिका उपाध्यक्ष मिठुमाया तामाङले गाउँपालिकाले विद्यालय शिक्षा र खेलकुदलाई उचित सम्बोधन गर्ने प्रयास गरेको बताउनुभयो ।










































