सेयर
कविः नारायण नेपाल
नारी करुणा ममता र साहसले फुल्ने तिमी बोट हौ ।
नारी तिमी पुरुषको मर्म बिसाउने बेसाउने चोट हौ ।।
चुलोचौको मेलापात छाप्री झोलुङ्गो छोड्ने दिन ।
शहर डान्सबार यौनको व्यापार गर्दै हिँड्छौ किन ?
आमा दिदी बहिनी उठ अब संसार के भइसक्यो ।
तिम्रो जीवन परतन्त्र युगमा यस्तै गरि बित्नेभो ।।
यस्तै दुर्दिन जीउँदै सृष्टिजगतको आदर्श रक्षा गर ।
नारी तिमी सर्जक युगको आखिर पर्छौ अरुकै भर ।।
मान्छे भई बाँच्ने स्वाभिमान साँच्ने आउँदैछ अब दिन ।
समानता न्याय ममता तिम्रो प्रगती पथमा उक्लिन ।।
shere this