काठमाडौं ।
दिनहुँ कोरोना संक्रमित थपिदैँ गएपछि राजधानीको फोहोर फालिदैँ आएको नुवाकोटको सिसडोल क्षेत्रका बासिन्दामा त्रास बढेको छ । राजधानीमा विभिन्न कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि सिसडोल ल्यण्डफिल साईटमा कामगर्ने कर्मचारी र फोहरको डंङ्गुरमा रहेर फोहरमैला वर्गिकरण गर्ने तथा स्काभेञ्जरहरूमा जोखिम बढेको भन्दै उनीहरुमा संक्रमणको अवस्थाबारे चेजचाँज गर्न माग गरिएको छ ।
नेपाली काँग्रेसका नेता श्रीराम ढुङ्गानाले सिसडोल डम्पिङ साईटमा कार्यरत र त्यसक्षेत्रका बासिन्दाको परिक्षण गर्न माग गरेका छन् । कोरोना संक्रमण देखिए सिसडोल बञ्चरेडाँडा तथा कोल्पुखोलाको स्थिति भयावह हुने भन्दै उनले समयमै चेकजाँच गरी सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
काठमाडौं उपत्यकाको फोहोरमैलाको कारण सिसडोल क्षेत्रका बासिन्दा जोखिममा रहेको उनले बताएका छन् । काठमाडौंको फोहोर फालिदैँ आएको सिसडोलमा १२ बर्षदेखि स्थानीयले स्वास्थ्य जोखिम रहेकाले समाधान गर्न माग गर्दै आएपनि राज्यले ध्यान नदिएको उनीहरुको गुनासो छ ।









































