काठमाडौं ।
सर्जक रुपा रश्मी सापकोटाको शब्द संकलनमा बजारमा आएको लोकदोहोरी गीत ‘मैना राजा मैना रानी’ लोकप्रियता बटुलेको छ ।
गायक ऋषि खड्काको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत यो समाचार तयार पार्दासम्म साढे ३ लाखले हेरिसकेका छन् ।
रुपा रश्मी सापकोटाको शब्दमा गायीका बिष्णु माझी र गायक ऋषि खड्काको स्वर छ । ऋषि खड्काले संगीत भरेको गीतमा अरेन्ज विनोद बाजुरालीले गरेका छन् ।
साया भण्डारी र रमेश हमाल ठकुरीको अभिनय रहेको उक्त गीतमा राजपरिवारको प्रेम कथा सँगै आफ्नो मायालु बिना जीवन चल्न नसक्ने कुरा बताइएको छ ।
आफुलाइ पर्ने हरेक समस्याको समाना गर्न तयार रहने प्रेमीप्रमिकाको कथा प्रस्तुत गरिएको छ । उक्त गीत ऋषि खड्काको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
एक वर्षअघि देखि चर्चामा आएको ‘मैना राजा मैना रानी’ बोलको गीतको थेगो अडियो मात्र सार्वजनिक भएपछि टिकटकमा पनि अत्याधिक भाईरल बनेको थियो । झण्डै ६ महिला अघि लकडाउनका समयमा गीतको प्रोमो बजारमा ल्याइएको थियो ।
विभिन्न कारण देखाउँदै रिलिजको मिती पछि सार्दै आएको निर्माण पक्षले यो गीत निकै नै आसा लाग्दो बनेको बताएको छ । गीतको भिडियो मुस्ताङका विभिन्न ठाउँमा सुटिङ गरिएको हो ।
नवलपरासीको गैँडाकोट निवासी रुपारश्मी सापकोटाले यसअघि जुनलाइ क्यारी छुम्ला, पिरतीको घर, माफ गर, मेरो आँशु तिम्रा हाँसो लगायतका गीतहरु बजारमा ल्याएकी छन् ।
ओजिलो शब्दमा फरक भाव दिने भिडियो निर्माण भएकाले पनि छोटो समयमा गीत लोकप्रिय भएको हुनसक्ने सर्जक सापकोटाको अनुमान छ ।