सेयर
हेम बहादुर खड्का
सबैले ख्याल् गर्नुपर्ने कुरा के छ भने, प्रचण्ड ले यत्रो जनयुद्ध लडे, गणतन्त्रका नायक भन्ने गरिन्छ , हामी माओवादीले त अझै सुप्रीमो नै भन्दै छौँ । जबकी उनले पद र शक्तिका लागि मालेमवाद नै छोडे, वर्ग नै छोडे, सहयोद्धा नै छोडे अनि संसदीय भासमा ननिस्कने गरी डुबे ।
तर वास्तविक यी सामन्ती विचार , व्यवहार र दृस्टिकोण बाट आफैँमा प्रेरित व्यक्तित्व हुन्, सामन्ती सोचबाट ग्रसितहरु सधैँ पद प्रतिष्ठा धनदौलत द्वारा आफू शक्तिशाली घोषित हुन चाहन्छ्न, यसअर्थ यिनी क्रान्तिका नकावधारी महासामन्त हुन् ।
मार्गदर्शक सिद्धान्त, वर्गसंघर्ष सङ्ग पद र पावर साट्ने दहालले क्यान्टोनमेन्टको मोटो रकम झ्वाम पारेका मात्रै हैनन्, जनयुद्ध ताकाको लेखा, बिस्तारित बैठकमा उठेका सबाल कुनैपनी सार्बजनिक गरेनन् ।
जनमुक्ति सेनाको ठूलो समुहले प्रचण्डलाई पेरिस डाँडामा घेराभित्र राखेर स्पस्टिकरण मागेपछि लडाकुसङ्ग भाग्दै छल्दै आफ्ना आफन्त त परिवारवादमा भासिएका प्रचण्डको एमाओवादीको साईज सबैभन्दा सानो दलमा सिमित हुन पुग्यो ।
यसबाट झस्किएका प्रचण्डले माओवादीहरुको विभाजन आफ्नै कारण भएको र अब सुध्रिन पर्ने आत्माआलोचना गरे, संसदीय व्यवस्थालाई जनवादी व्यवस्थामा रुपान्तरण गर्नुपर्ने माओवादीहरुको मुख्य कार्यभार छोडेर आफू खुद अरु दल जस्तैः संसदीय चरित्रमा बदलिएको कुरा स्वीकार गरेका थिए ।
अन्तिम पटक विश्वास गर्न आग्रह गरेकोले माओवादीहरुको १० घटक लिएर माओवादी केन्द्र निर्माण पछि आएको मत लिएर इतिहास, संघर्ष र सैद्धान्तिक र राजनीतिक मुद्दा लतारेर ६०-४० को भागबन्डा बोकेर एमालेको शरणमा पुगे ।
नजिकैबाट प्रचण्डको हाउभाउ जीवनशैली र व्यवहार मैले माओवादी केन्द्रको निर्माण र त्यसपछि भएको चुनावमा नियाल्ने मौका पाएँ । माओवादी कार्यकर्ता र उनि बिचको अन्तर निकै फरक देखें, कम्युनिस्ट आचरण र व्यवहारिक जीवनशैलीका कार्यकर्ताका अगाडि उनको क्रान्तिकारी रंग फिक्का देखिन्थ्यो । उनको चालमाल, बोलाई हिँडाई, लुवाई खुवाई सबै सामन्त र राजामहाराजाहरुको जस्तो देखिन्छ ।
जनयुद्ध ताका दोस्रो सम्मेलनमा उनले ल्याएको “प्रचण्ड पथ” केन्द्रीकरण नेतृत्व” मात्रै थिएन अधिनायकवाद थियो । सामुहिक नेतृत्व छोडेर, व्यक्तिवाद, परिवारवाद र आफन्तवादमा उनी उतिबेलै चुर्लुम्म डुबिसकेका थिए । यहि बेला उनको “प्रचण्ड ” ब्याज खोसिनु पर्थ्यो ।
पैसा, सेना पार्टी र मोर्चा आफ्नै हातमा लिएका उनले पार्टी, व्यक्ति सबै खरिदबिक्री गर्थे, ईमानदारहरु कि पाखा लाग्न पर्थ्यो, कि चुपचाप, आज पुष्पकमल दहालमाथि घुमिफिरी त्यही बज्रपात आईपर्यो । गणतन्त्रबिरोधी, संघीयताबिरोधी केपि ओलिका हातमा थमाएर आफू अध्यक्ष बन्ने सपना मात्रै सकिएन, रोगले ग्रसित केपिको छिट्टै श्रद्धाञ्जली सभा गर्न पाइएला भनेर बसेका प्रचण्ड ईत्तरका उत्तानेटाङ्ग लागे ।
समानताको नारा रटेका, ईमान र निष्ठा पुर्बक परिवर्तनका लागि रगत बगाउने सहिद र अपाङ्ग परिवारहरु आसावादी जनसमुदायहरु उनिहरुकै आँखा अगाडी आफुहरुले ल्याएको भनेको व्यवस्थाको अन्त्य हुँदा कति पीडा भयो होला?
आफ्नै घर नभएका प्रचण्ड झन्डै ५/७ लाख मासिक भाडा पर्ने घरमा बस्छन् । क्रान्ति गरेर आएका पुस्पकमलले यत्रो भाडा तिर्ने पैसा कहाँ बाट आईरहेको छ, बताउनु पर्दैन ? यो कुरा छोडौँ, फेरि अरुले पनि त गरेकै छन् नि भन्ने चाकरीहरु बजारमा प्रसस्त छन् र पनि म उनिहरुको आँखाको तारा बन्दै सोधिरहेको छु कि दैनिक दशौ लाख खर्च गर्ने पैसा कसरी कमाई हुन्छ ? त्यत्रो सुरक्षा फौज, सचिवालय र आसेपासेको खोरक यत्तिकै जुट्छ? यति मात्रै हैन उनी कार्यकर्ता पैसाले नै किन्छन् । बिप्लवका गिरफ्तारमा परेका मान्छेलाई आत्मा समर्पण गराएर पैसा बाड्न उनका एजेण्ट जेल भित्रै पुग्छन । यत्रो खर्च धान्ने बजेट कसरी बन्छ? जनतामा कम्युनिस्ट नेताहरुको जीवन पारदर्शी हुन पर्छ कि पर्दैन ?
कम्युनिस्ट पार्टीको झन्डा र ब्यानरमा वैदेशिक शक्तिकेन्द्र सङ्ग साँठगाँठ गर्ने , ईमान र निष्ठाको राजनीति गर्ने स्वाधीन नेता कार्यकर्ताको घाँटी निमोठ्ने अनौठो कम्युनिस्ट आन्दोलन भित्रको घुसपैठ निस्तेज गर्ने अन्तरसंघर्ष कम्युनिस्ट घटकहरुमा बिकास गराएर राष्ट्रिय कम्युनिस्ट आन्दोलन को रक्षा गर्नुपर्ने मोड क्रान्तिकारीका लागि आइपरेको छ, रक्षात्मक संघर्ष उठाएर विश्व कम्युनिस्ट आन्दोलनमा आफ्नो अग्रता देखाउने यो अन्तिम चुनौती र अवसर पनि हो ।
छरिएर रहेका क्रान्तिकारीहरु अब एकताबद्द भएर राष्ट्रियता र स्वाधिनताको जनमुक्ति आन्दोलनमा लाग्नुपर्ने बेला आएको छ ! धन्यवाद !
प्रस्तुत कुरा लेखकका निजी विचार हुन् । स.
shere this