सेयर
नुवाकोट ।
हरेक वर्षजस्तै यसवर्ष पनि माघे सक्रान्तिको अवसर पारेर नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइएको छ । नुवाकोटको तारुका, वेत्रावती, शेराबगर र पञ्चकन्यामा यो वर्ष ३८ हल गोरु जुधाइएको छ ।
तारकेश्वर गाउँपालिकाको तारुकामा यो वर्ष १७ हल गोरु जुधाइएको पालिकाले जनाएको छ । बारीका पाटामा गोरु जुधाएको हेर्न नुवाकोटबाहेक रसुवा धादिङ काठमाडौँ गोरखा चितवन लगायतका जिल्लाबाट सर्वसाधारण पुग्ने गर्दछन् ।
माघ १ गते हुने गोरु जुधाइ प्रतियोगिता धादिङको फ्याक्सेमा आयोजना गरिन्छ ।
shere this