माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा ५५ जना केन्द्रीय सदस्य भएका छन् । आज पार्टी दर्ताको निम्ति पूर्वएमालेका ५५ जना केन्द्रीय सदस्यले दस्तखत सनाखत गरेका हुन् । आयोग पुगेर हस्ताक्षर रुजु गर्नेहरुमा अध्यक्ष माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, बिरोध खतिवडा, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण, मिना हुसेन, कृष्णलाल महर्जन, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा,गोपालबहादुर बम, पार्वतीकुमारी विशंखे, लक्ष्मी चौधरी, बिना बुढाथोकी, बेदुराम भुसाल, शेरबहादुर कुँवर, ठागेन्द्रप्रकाश पुरी र उदया शर्मा हुनुहुन्छ ।
यस्तै हिराबहादुर विश्वकर्मा,चन्दा चपाई, शान्तिकुमारी अधिकारी जिसी, सावित्रा भुसाल,रामकुमारी झाँक्री, गौराप्रसाईं कोइराला,रामकुमार ज्ञवाली,खगेन्द्र चुडाल, सरलाकुमारी यादव, सुधिरप्रसाद साह, शत्रुघन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही पनि केन्द्रीय सदस्यमा हुनुहुन्छ
शेरबहादुर केसी, निरादेवी जैरु, प्रेमबहादुर आले, भागवत नेपाली, चुडामणि बिक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा. देवमान सम्बाहाम्फे, भाष्कर काफ्ले, कृष्णप्रसाद खनाल, मोहम्मद महफुज अन्सारी र हरिप्रसाद पराजुलीले पनि दस्तखत सनाखत गर्नुभएको आयोगले जनाएको छ ।