काठमाडौँ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीसहित विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको देशभर मध्यम प्रभाव देखिएको छ । राजधानी काठमाडौँमा सवारी साधन कम चलेका छन् ।
चोक चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौँमा बन्द गराउँदै हिँडेका १६ जना बन्दकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रेम सिजापती, हस्त कुमार बिक (लियो), भरत चन्द, गोरख धामी, अर्जुन सुनार, नबिन बिस्ट, निकास बस्नेत, छत्र बिक, राजेस रावल, बिबेक मयाल, पूर्णचन्द्र खड्का, निराजन रावत, मौसम माझी, सुवास महत, दिपक बिक, कृष्ण रावल रहेका छन् ।
यस्तै सुर्खेतबाट अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा सर्खेत जिल्ला इन्चार्ज तुरराज विश्वकर्मा गिरफ्तार भएका छन् । त्यहाँ झडप हुँदा तीन जना घाइते भएका छन् । बन्दको प्रभाव काठमाडौँ नजिकका जिल्ला धादिङ नुवाकोटमा प्रत्यक्ष परेको छ । चितवन नवलपरासी मकवानपुर रुपन्देही दाङ लगायतका जिल्ला प्रभावित छन् ।
यसैबिच एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठन, नेपाल मजदुर किसान पार्टी लगायतले प्रदर्शन गरेका हुन् ।
https://www.facebook.com/kampanpost/videos/650570072875688