सेयर
काठमाडौँ ।
उपप्रधानमन्त्री एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आज १० बजे यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन / निरीक्षण र छड्के जाच गर्नुभएको छ ।
अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारण सङ्ग अन्तरक्रिया गर्नुभएको छ भने गुनासो पनि सुन्नुभएको छ । उहाँले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारी लाई निर्देशन पनि दिनुभएको छ ।
सेवा दिने समय बढाउन, छिटो छरितो ढंगले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । कहिकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उहाले बताउनुभयो ।
shere this