
कालिकोट ।
कर्णाली प्रदेशको कालिकोट जिल्ला महावै गाउँपालिकाबाट विश्वका विभिन्न देशमा छरिएर रहेका महावैबासीको सहयोगमा महावै लेकमा निःशुल्क चियापान कार्यक्रम गरिएको छ । महावै प्रवास समाज कालिकोटको आयोजनामा कालीकोट र दैलेखको सीमानामा पर्ने समुन्द्री सतहबाट झन्डै ४ हजार मिटर उचाइमा रहेको महाबु लेकमा चियापान कार्यक्रम गरिएको हो । जिल्लाकै दुर्गम गाउँपालिका माहावै गाउँपालिकाको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले गठित समाजले महाबु लेकको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन चियापान कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष अर्जुन सिंह अनुरागीले जानकारी दिनुभयो । महाबु लेक धार्मिक पर्यटकीय क्षेत्र हो, जहाँ हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्दछ । दुई महिना अघि गठित समाजले पालिकाको विकासमा सकारात्मक भूमिका खेल्ने लक्ष्य राखेको छ ।
महावै लेकमा अत्यन्तै चिसो हुने भएकोले तिर्थालुलाई समेत सहजता पुग्नेगरी सहयोग संकलन गरेर निःशुल्क चियापान कार्यक्रम गरिएको समाजले जनाएको छ । चियापान कार्यक्रमका लागि मलेसियाबाट हरि सिंह (महावै-३)लेरु १४००, अर्जुन सिंह (महावै-३)ले रु २१००, पुर्ण बहादुर सिंह (महावै-४)ले रु २९०० सहयोग गर्नुभएको थियो । यस्तै कमल काफ्ले (महावै-२) बाट रु ३०००, दिपक शाहीबाट छोरा देवान शाहीको नाममा रु ७१००, जापा बाट बविन शाही (महावै-१)बाट रू २०००, साउदी अरबबाट मदन विक ( महावै-७)बाट रू ५००० संकलन भएको थियो । साउद कोरियाबाट गोपाल बहादुर शाही(महाबै-३) ले ५०,०००, वोन जनक सिंह (महावै-४)ले ५०,००० वोन रमेश सिंह (महावै-३) ले २०,००० वोन प्रकाश सिंह (महावै-४) ५०,०००, वोन रमेश शाही (महावै-३) ले ५०,०००, वोन हिक्मत चौलागाईं (महावै-७ हाल बर्दिया) ५०,०००, वोन राजेन्द्र बहादुर शाही महावै-७ ५०,०००, वोन सर्जन रावत (महावै-४) रू २००० सहयोग गर्नुभएको समितिले जनाएको छ । महावै लेकमा लाग्ने जनैपूर्णिमा मेलामा जुम्ला, कालीकोट, दैलेख, सुर्खेत र बाँकेका भक्तजनहरुको भीड लाग्ने गर्दछ ।