सेयर
काठमाडौं ।
बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकजना भुतपुर्व गोर्खा सैनीकको मृत्यु भएको छ । पर्वत पैयुँ घर भएका तमु धीँ लन्डन इकाईका बरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको मृत्यु भएको हो ।
५९ बर्षिय गुरुङको लन्डन ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तमु धीँ लन्डन इकाईका पुर्व अध्यक्ष दिपक गुरुङले जानकारी दिए ।
लामो समयदेखि श्रीमतीका साथ लन्डनमा बस्दै आएका गुरुङ करिब दुई साता अघि कामबाट घर फर्किदा ज्वरो आएको महशुस भएपछि घरमै आइसोलेसनमा बस्दै आएका थिए । एक साताअघि स्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल लगिएको थियो ।
यसअघि बेलायतमा एकजना भुपु गोर्खा सैनीक संखुवासभाका लिलाबहादुर राई र चितवनका व्यवसायी प्रशान्त अर्यालको कोरोनाका कारण मृत्यु भएको थियो ।
shere this