सुजिता पौडेल
बेलकोटगढी न.पा.–१०, नुवाकोट
छिटो उठ नारीहरु बिहानी भैसक्यो ।
अन्धकार हटि उज्यालो छाइसक्यो ।।
हामि धेरै अल्छि बनि अब सुत्न हुन्न है ।
छाडि गुन्द्री उठौँ अब रवि किरण छाइसक्यो ।।
अन्धकार हटिसक्यो सुत्ने बेला गैसक्यो ।
खोल आँखा दिदी बहिनी दुःखी युग गैसक्यो ।।
कत्ति देशका नारीहरु पुगिसके चन्द्रमामा ।
हामीपनि आगडि बढौँ नपरौँ है भ्रममा ।।
देश बनाउने जिम्मेवारी हामीमाथि आइसक्यो ।
समृद्ध र विकासको गर्न निर्माणकाल आइसक्यो ।।
चुलो चौको मात्र गर्ने दिन अब गैसक्यो ।
खोल आँखा दिदी बहिनी दुःखी युग गैसक्यो ।।
अज्ञान लाई मिल्काएर ज्ञानको दिप बालौँ है ।
संसारका नारी भन्दा पछि पर्न हुन्न है ।।
गुञ्जियोस् गरिबको झुपडीमा विकासको आवाज ।
हाम्रो चमत्कार देखाउने दिन आइसक्यो आज ।।
कतिन्जेल हेपिन्छौँ कतिन्जेल हुन्छौँ हामी फुट ।
देशले काँचुली फेरिसक्यो अब त नारीहरु उठ ।।