सेयर
नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले आज नुवाकोटमा विचार गोष्ठी गर्दैछ । जिल्ला संयोजक शुभलाल श्रेष्ठका अनुसार विदुरको सुखद पाहुना घरमा दिउँसो १२ बजे कार्यक्रम आयोजना गरिएको छ ।
गोष्ठीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता अनिल शर्मा विरही, नेपाली काँग्रेसका नेता डा.केदार नरसिंह केसी, माओवादी केन्द्रका नेता, इन्द्र गौतम जगतजंग, रामशरण प्याकुरेल, वाम बुद्धिजीवी भरत सिग्देल, अधिवक्ता नारायण अधिकारीलगायतले विचार राख्नेछन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट बुद्धिजीवी संगठनले देशव्यापी रुपमा संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भन्ने विषयमा बहस चलाइरहेको छ ।
shere this









































