सेयर
नुवाकोट ।
विदुर ६ इनारपाटीका २६ जना पशुपालक किसानलाई २ दिने पशुपालक तालिम दिइएको छ । प्रशिक्षक द्वय सिताराम रिमाल र राम प्रसाद खनालले दिनुभएको प्रशिक्षणमा गोठ निर्माण, पशु आहारा, सरसफाइ, लाग्न सक्ने रोग त्यसको उपचार, रोकथाम विधि, पशु बिमा लगायत विषयमा तालिम दिइएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ नुवाकोटको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष रामकृष्ण राजभण्डारी, महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुर्य कडेल, वडा अध्यक्ष राजु सडौला, महासङ्घ विदुर नगर अध्यक्ष राममणी अधिकारी लगायतको उपस्थिति रहेको थियो । यस्ता तालिमहरु बेला बेलामा सञ्चालन भएमा उद्यमी व्यवसायीलाई सहयोग पुग्ने सहभागीहरुले बताएका थिए ।
shere this