काठमाडौं (कस) ।
प्रगतिशिल लेखक संघ प्रलेसले लेखक तथा प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा विरहीको तुरुन्त रिहाईको माग गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्योपचार जस्तो नैसर्गिक अधिकारबाट बन्चित गरी गरिएको गिरफ्तारी निन्दनीय रहेको उल्लेख गरेको छ ।
संघका अध्यक्ष प्राध्यापक डाक्टर जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहद्धारा जारी विज्ञप्तीमा नेपाली राजनीतिमा पछिल्लो चरणमा देखिएका अस्वभाविक परिघटनाले नेपाली समाज फेरि द्वन्दतिर जान थालेको आभाष भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
कुनैपनि लेखकलाई राज्यको तर्फबाट अमर्यादित व्यवहार गर्न नहुने र अनावश्यक चुनौतीको सामना गर्नुपर्ने अवस्था आउनुुहुँदैन भन्दै प्रलेसले संघका पूर्व केन्द्रीय सल्लाहकार समेत रहेका विरहीलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।
प्रलेसले लेखक र श्रष्टालाई राज्यले आफ्नै राष्ट्रिय पुँजीका रुपमा ग्रहण गर्न पनि विशेष अपिल गरेको छ ।








































