यही चैत २५ गते सम्पन्न भएको नेपाल पत्रकार महासंघको चुनावमा निर्वाचित रौतहट शाखाका पदाधिकारीलाई शपथ र पदभार ग्रहण गर्न जिल्ला अदालतले रोक लगाएको छ ।
निर्वाचनमा धाँधली भएको भन्दै परेको रिटमा सुनुवाई गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले अल्पकालिन अन्तरिम आदेश जाेरी गरेको हो । पत्रकार दिनेश यादवले निर्वाचनमा गलत मतपत्रको प्रयोग भएको, उम्मेदवारले भरेको अनुसूचीमा त्रुटि तथा निर्वाचन समितिले नै उम्मेदवारहरुको मनोनयन पत्रमा एक पदको सट्टा अर्को पद उल्लेख गरी त्रुटिपूर्ण मतदानको कार्यक्रम गरेको भन्दै रिट दिएका थिए । रिट निवेदनमा मुुद्धाको अन्तिम किनारा नलागेसम्म निर्वाचित पदाधिकारीलाई कामकाजबाट रोक्न अन्तरिम आदेश माग गरिएको थियो ।
अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि अदालतले दुबै पक्षलाई वैशाख ५ गते हाजिर हुन भनेको छ । सह-सचिवको खुल्ला समूहमा उम्मेदवारी मनोनयन दर्ता गराएका यादवलाई निर्वाचन समितिले समावेशी तर्फ राखेर निर्वाचन गराएको तथा सदस्य पदमा मनोनयन दर्ता गराएका धिरेन्द्र साहलाई सह-सचिवमा उम्मेदवारी कायम गराएको पाइएको छ । दाबी विरोधको समयमा उजुरी गर्दा समेत निर्वाचन समितिले आफूहरुको कुरा नसुनेर एकपक्षीय रुपमा निर्णय गर्दै निर्वाचन गराएको यादवले बताए ।
राष्ट्रिय परिषदमा दुई जना निर्वाचित हुनुपर्नेमा चार जनालाई निर्विरोध निर्वाचित गराएको पाइएको छ । मतपत्रमा निर्विरोध निर्वाचितको समेत नाम राखेको पाइएपछि निर्वाचनमा धाँधली भएको देखिएको हो ।
Recent Comments