सेयर
नेपाल कम्युनिस्ट पार्टी नेकपाले नुवाकोटमा ३८४ रोपनी जग्गा कब्जा गरेको छ । एमसीसी परियोजना अन्तर्गत विद्युत सबस्टेशनका लागि खरिद भएको बेलकोटगढी ७ रातमाटेको जग्गा पार्टीले कब्जा गरेको नेकपा नुवाकोटले जनाएको छ ।
जिल्ला इन्जार्ज बिन्दु र सेक्रेटरी सृजनद्धारा जारी विज्ञप्तिमा नेपालमा सैन्य शासन लागु गर्ने हेतुले अमेरिकाले परियोजनाको काम सुरु गर्न खरिद गरेको जग्गा कब्जा गरिएको उल्लेख छ । नेकपाले विज्ञप्तिमार्फत उक्त ३ सय ८४ रोपनी जग्गामाथि कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ ।
“दलाल पुँजीवादी राज्यसत्ताले केही र कथित पैसाको नाममा नेपाली भूमिलाई बिक्री गर्ने तयारीमा छन् । यो नेपाल र नेपाली जनताको लागि कुनै पनि मान्यतामा स्वीकार योग्य बन्न सक्दैन ।” विज्ञप्तिमा भनिएको छ ।
shere this
Recent Comments