सेयर
एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभएको छ । एमाले महाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगकाे भेटघाटमा पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गर्नुभएको हो ।
एमालेको १० औं महाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडौंमा हुँदैछ । पोखरेलले आफू दुईपटक महासचिव भइसकेको र तेस्रोपटक हुन विधानले नदिने भएकाले अबको स्टेप अध्यक्ष नै भएको बताउनुभयो । आफू अध्यक्षमा लड्न योग्य भएको र पार्टी पंक्तिको भावनाअनुसार नेतृत्व लिन अग्रसर हुने पोखरेलको भनाइ छ ।
अहिलेसम्म एमालेमा अध्यक्ष केपी ओलीबाहेक अरु कसैले पनि नेतृत्वमा दाबी गरेका छैनन् । एमालेमा नेतृत्वमा दाबी गर्ने पोखरेल पहिलो नेता हुन् ।
shere this