सेयर
अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ खिल्जीमा जंगली च्याउ खाँदा दुइ जनाको मृत्यु भएको छ । अरु दुइ जना बिरामी परेका छन् ।
च्याउ खाएर बिरामी परेका ३२ वर्षिया रामकला महतरा र उनकी छोरी ७ वर्षीया वीपासा महतराको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
रामकलाको शनिबार राति र विपासाको सोमबार बिहान मृत्यु भएको लुम्बिनी सिटी अस्पतालले जनाएको छ ।
५९ वर्षीया लालसरी महतरा र २१ वर्षीया लक्ष्मी महतराको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । च्याउ खाएर मृत्यु हुने र घाईते हुने एकै घरका हुन् ।
shere this