काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना संक्रमण भएको जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।
वीरगञ्जमा उपचाररत तीन जना ३७ बर्ष ४४ बर्ष र ५५ बर्षका पुरुषमा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आज आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो। तीनै जना भारतीय नागरिक रहेको बताइएको छ।
हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो।
shere this