काठमाडौं
सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका पोलिटब्युरो सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल शर्मा विरहीलाई प्रहरीले पक्रेको छ । गृहजिल्ला चितवनबाट विरही पक्राउ परेका हुन् । मधुमेह लगायत मुटुसम्बन्धी रोगबाट पीडित विरही घरमा लडेर घाईते अवस्थामा अस्पताल पुगेपछि प्रहरीले पक्रेको हो । उनको हात भाँचिएको छ ।
उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट सादा पोशाकमा पुगेको प्रहरीले पक्रेको हो । रातोखबर साप्ताहिकका निर्देशक समेत रहेका विरही जनआस्था साप्ताहिकका नियमित लेखक हुन् ।
shere this