ललिता निवास प्रकरणमा दुई जना पूर्व प्रधानमन्त्रीको प्रमाण बुझ्न सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा आदेश दिएको छ । नेकपाका नेता माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रमाण बुझ्न आदेश गरेको हो ।
आइतबार रिटमाथि भएको सुनुवाईमा न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुँयालकाे इजलासले सो आदेश दिएको हो । ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्याैपानेले रिट निवेदन दायर गरेका थिए । अब अख्तियारले प्रमाणसहितका कागजात पठाउनुपर्नेछ ।
वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ ।
अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो ।
Recent Comments