नुवाकोट ।
जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र नुवाकोटले विभिन्न वडाका विपद व्यवस्थापन समितिलाई पिपिई सहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । केन्द्रले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. १, २ र ३ तथा ककनी गाउँपालिका वडा नं. ३ तथा धादिङको धुनिवेशी नगरपालिका वडा नं. ४ का कोरोना महामारी विपद समितलाई पीपीई सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
केन्द्रका अध्यक्ष रामचन्द्र तिमल्सिनाले कोरोना भाइरस(कोभिड १९) को रोकथाम तथा नियन्त्रणको पुर्व तयारीको लागि उक्त सहयोग गरेको जानकारी दिए । तिमल्सिनाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक साथ र सहयोग निरन्तर गरिने बताएका छन् ।
पुस्तकालयले समुदायमा अपाङ्गता समावेशी विपद जोखिम न्युनिकरण पर्वद्धन परियोजना अन्तर्गत समुदायमा विभिन्न विपद तयारी योजनाका कार्यक्रमहरु गर्दै आएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
पुस्तकालयले ती सामाग्री उपलब्ध गराउन सहयोग पुर्याउने राष्ट्रिय आविष्कार केन्द्र तथा डा. महाविर पुन, लायन्स क्लब इन्टरनेशनल 325B1 डिष्ट्रिक गर्भनर इन्दु लमसाल, डा. भुपेन्द्र बस्नेत, दिपक मुडभरी, सांसद बहादुर सिंह लामालाई धन्यवाद दिएको छ ।