सेयर
मन्त्री परिषद् बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै २४ शहरमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जोखिमपूर्ण शहरका विद्यालयहरु वैशाखभर बन्द गर्ने निर्णय गरेको हो।
सरकारले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी र भीमदत्त नगरमा एक महिनासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
shere this