सेयर
नुवाकोट ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाले जनगुनासो संकलनका लागि निःशुल्क कल सेन्टर सञ्चालनमा ल्याएको छ । नगरक्षेत्रका महिला, बालबालिका तथा जेष्ठ नागरिककाे समस्या एवं समाजिक घटना आदिकाे बारेमा सेवा प्रदान गर्ने उदेश्यले कल सेन्टर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
टाेल फ्रि नम्बर १८१०५००००५५ मा कल गरेर आफ्नाे गुनासो हरु टिपाउन नगरपालिकाले अनुरोध गरेको छ। यसरी संकलित गुनासो तथा उजुरीहरु छिटो भन्दा छिटो सम्बोधन गरिने नगरपालिकाको भनाइ छ ।
shere this