सेयर
रसुवा २ साउन ।
नेपाल-चीन व्यापार कारोबार बढेपछि रसुवामा राजश्व संकलन चार गुणाले बढेको छ । जिल्लाबाट हुने राजस्व असुलीमामा उल्लेखनीय वृद्धि भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । रसुवागढी नाकाबाट नेपाल-चीनबीचको व्यापार-व्यवसायका कारोबारमा उल्लेख्य वृद्धि भएसँगै राजश्वबाट राम्रो आम्दानी भएको कार्यालयले जनाएको हो ।
रसुवामा गत आ.व.मा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार यो आम्दानी अघिल्लो वर्षको तुलनामा चार गुणाले बढी हो । जिल्लामा सबैभन्दा बढी राजश्व रसुवा भन्सार कार्यालय रसुवागढीले संकलन गरेको छ ।
shere this