जिल्ला सहकारी संघ नुवाकोटको अध्यक्षमा गोकर्णनाथ न्यौपाने चयन हुनु भएको छ । संघको बुधबार सम्पन्न २८ औँ साधारण सभा तथा अधिवेशनले न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । 
संघको उपाध्यक्ष शिवप्रसाद अधिकारी, सचिवमा प्रकाशकुमार अधिकारी, सहसचिमा ओमप्रकाश श्रेष्ठ, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ चयन हुनु भएको छ ।

यस्तै, सदस्यहरुमा इन्दिरा मुडवरी, पवित्रा घिमिरे, धनकुमारी रिजाल, होमबहादुर तामाङ, सिता भट्टराई, नविन्द्रमान प्रधान, कुलबहादुर खड्गी, भोजराज पनेरु, गोकर्ण रोक्का, सविनराज भण्डारी, प्रदिप अधिकारी, बाबुराम अधिकारी, कृष्ण बहादुर धिताल, अर्जुनप्रसाद न्यौपाने, लक्ष्मण श्रेष्ठ, रामेश्वर खड्का रहनुभएको छ । साथै, नारायण श्रेष्ठको संयोजकत्वमा तिन सदस्यीय लेखा समिति चयन भएको छ ।

समितिको सदस्यमा सरिता मोक्तान र नवराज पाण्डे रहनुभएको छ । संघमा हाल २ सय ७५ वटा सहकारी संस्था सदस्य रहेका छन् ।








































