सेयर
काठमाडौँ ।
स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएकामध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ताबारे जानकारी गराएको हो ।
यसैबिच रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं.२ को निर्वाचनमा वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
रोकाको उम्मेदवारी फिर्तासँगै नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती (काजु) निर्विरोध हुनुहुने भएको छ । रोकाले विज्ञप्ति जारी गरेर माओवादीका उम्मेदवारलाई समर्थन गरेको जनाउनु भएको छ । रुकुम(पूर्व)मा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन थियो ।
shere this