सेयर
एजेन्सी ।
कोरोना भाईरसबाट ग्रसित चीनले आफ्नो मुलुकमा भाइरसको महामारी रोकिएको जनाएको छ ।
राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ । चीनमा अहिले कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएको चीनको दावि छ ।
चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ । चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन । यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।
हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ३६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।
shere this