काठमाडौं ।
सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले कोरोना महामारीको गलत फाइदा उठाएर भ्रष्टाचार, कालोबजारी, अपहरण जस्ता काम गर्नेलाई कारबाही गर्ने चेतानी दिएको छ ।
महासंघले प्रेस विज्ञप्ति जारी गरी सरकारले भ्रष्ट दलाल रुप देखाएर अन्य पार्टी फुटाउने र नेताहरुलाई अपहरण गर्ने काम गरेर फाँसीवादी रुप छताछुल्ल भएको जनाएको छ । महासंघलेले लकडाउनको अवधीमा अरु संघर्षलाई स्थगित गरेर विरामी अस्पताल जान नसक्ने निमुखा जनताको सेवामा तत्पर रहेको जनाएको छ ।
‘महामारीको यस्तो डरलाग्दो परिस्थितिमा पनि सरकार नाङ्गो रुपमा भ्रष्टाचार, अपहरण, अन्य दल फुटाउने फोहोरी खेलमा प्रस्तुत भएको छ ।’ महासंघका अध्यक्ष टीकाप्रसाद कंडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीको यो डरलाग्दो परिस्थितिको गलत फाइदा उठाएर भ्रष्टाचार, कालोबजारी, अपहरणजस्ता कार्यमा निर्देशन दिने साथै संलग्न हुने जोकसैलाई संगठन यो कठिन परिस्थितिपछि कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिन चाहन्छु ।’








































