काठमाडौं ।
संगितकार गणेश इजम कोरोना संक्रमणपछि आइसियु भर्ना भएका छन् । बेलायतमा रहेका संगितकार ईजम लाई कोरोना संक्रमण भएको हो ।
इजम खोकु छिन्ताङ दुख्यो कि गीतका गितकार हुन् । तत्कालिन माओवादी द्वन्दकालमा यो गीत निकै चर्चित थियो । इजमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अजम्बर राईलाई उदृत गर्दै पत्रकार नरेन्द्रजंग पिटरले उल्लेख गरेका छन् ।
ईजमद्धारा संगितबद्ध खोकु छिन्ताङ दुख्यो कि
खाेकु छिन्ताङ दुख्याे कि…
रचना : गणेश इजम, संगीत : शिव सुब्बा, स्वर : किशाेर थुलुङ
खाेकु छिन्ताङ दुख्याे कि अरुण सुसाउदा
मन सबकाे रुन्छ कि दु:ख बिसाउदा ।
अन्धकारमा बन्दुकहरू पड्किएकाे बेला
छातीभरि संगीनहरू गाडिएका बेला
धनकुटाकाे छाती दुख्याे चाल पायाैं कि
अन्यायकाे विराेध गर्ने कसम खायाैं कि ।
खाेकु छिन्ताङ दुख्याे कि…
बसन्तका पालुवामा सहिदहरू फुल्छन्
सल्लेरीकाे सुसाइमा हावा भई डुल्छन
धनकुटाले आफ्नाे घाउ सम्झी राख्नु पर्छ
नसाभित्र ताताे रगत बहाई राख्नु पर्छ ।