काठमाडौं ।
आज एकैदिन थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३० पुगेकाे छ। आज उदयपुरका १२ जना र चितवनका दुइ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टी भएकाे हो ।
उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ। उनीहरु त्यहाँ लुकेर बसेको बताईएको छ । संक्रमित सबै पुरुष हुन् । वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमा समेत अनुगमन गरेर स्वाब संकलन गरिएको थियो।
यस्तै चितवन राप्ती नगरपालिकाकामा थप दुइजना भेटिएका हुन् । उनीहरु २७ र ६३ वर्षीय पुरुष छन्।
ती संक्रमित दुईजना अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् । र्यापिड टेस्टमा शंकास्पद देखिएपछि ती दुईसहित परिवारका अरु सदस्यलाई पनि भरतपुर ल्याइएको थियो।