सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुरेको छ । गएराती बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजेमा पहिरो खसेको छ । पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले फेसबुकमार्फत जानकारी दिएका छन् ।
पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाका अनुसार नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको मृत्यु र १६ जना बेपत्ता भएका छन्। ६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको सापकोटाले बताए। यस्तै भीरखर्कमा २ घर पहिरोले पुरिएको ठाउँमा २२ वर्षीया जुनु विकको शव भेटिएको छ। ६ जना बेपत्ता भएका छन् ।
पहिरोलेे बस्ती पुरेपछि सभामुख अग्नीप्रसाद सापकोटा त्यसतर्फ गएका छन् ।
न्यौपानेले फेसबुकमा लेखेका छन् ः
सिन्धुपाल्चोकमा फेरि अर्को विपत्ति : जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ ।

तस्वीरः श्रीधर न्यौपानेको फेसबुक









































