सेयर
-निभा शाह
रेबिज लागेको लालसत्ता
मार्क्सको टोपी लाएर
पुँजीवाद र फाँसीवाद चलाउछ ।
कुकुरले त मालिकको
चप्पल होईन तलुवा चाट्छ ।
यी लाल जुडासहरु
मालिकको चप्पल चाट्न
एक आपसमा कुस्ती खेलछन
यि लाल जुडासहरु
भोको जनतालाई
गुड देखाई पीना चटाउन
मार्क्सको टोपी लाउछन
कुनै दिन मार्क्स टोपी फाटो लागे
रामको टोपी लाउछन
छेपारा हुन छेपारा
हिजो अस्ती सम्म
छेपाराको पुच्छर छोटो थियो
अचेल छेपाराको पुच्छर
उत्तर पुग्यो कि दख्खीन
पूर्व पुग्यो कि पश्चिम
छेपारा पुच्छर खोज्दैछन
खोइ पुच्छर?
shere this