सेयर
नुवाकोट ।
जिल्लामा भएको खुला हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधी नुवाकोटले हात पारेको छ । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल हाप्किडो संघ र बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा नुवाकोट जिल्लाको बेलकोटगढी ४ मा आयोजना भएको च्याम्पियनसिपमा आयोजकले उपाधि जितेको हो।
प्रतियोगितामा प्युठान जिल्लाले दोस्रो र कास्की जिल्लाले तेस्रो उपाधि जितेको छ। च्याम्पियनसिपमा पुरुषतर्फका नुवाकोटका बिवेक गुरुङ तथा महिलामा कास्कीकी ईमा थापामगर उत्कृष्ट खेलाडी भए।
उदीयमान खेलाडीमा पुरुष तर्फका नुवाकोटको रमेश तामाङ र महिलामा नुवाकोटकै मन्जु गुरुङ भए। उत्कृष्ट प्रशिक्षकमा नुवाकोटको राजेन्द्र तामाङ भए। शुक्रबार उद्घाटन भएको खेलमा २४ जिल्लाका प्रतिष्पर्धी सहभागी थिए ।
shere this









































