विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको त्रासले स्पेनमा आपतकालकाे घोषणा गरिएको छ ।
भाइरसको प्रकोप बढेसँगै सरकारले आपतकालीन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ । प्रधानमन्त्री पेड्रो सान्चेसले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् । ना
गरिकहरूको स्वास्थ्यको रक्षा अझ राम्रो ढङ्गले गर्न सरकारले राज्यका सबै स्रोतसाधन परिचालन गर्ने उनले बताए ।
चीनको वुहानबाट सुरु भएको कारोनाको संक्रमण पछिल्लो समय युरोपमा फैलिएको छ ।
स्पेन झण्डै १० हजार नेपालीको बसोबास छ । हालसम्म नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित नभएको म्याडि्रडस्थित नेपाली दूताबासले जनाएको छ ।
स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरुलाई घरमै बस्न र कोरोनाबाट सचेत रहन आग्रह गरेकी छिन् ।