केशव नेपाल
काठमाडौँ ।
दुर्गम जिल्लाका विभिन्न मिडियामा काम गर्ने पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले प्रेस काउन्सिल नेपालकोे सहयोगमा नेपाल प्रेस इन्स्टिच्युटले २०७७ फागुन १७ गतेबाट शुरु गरेको दुई महिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
भर्चुअल अनलाईन गुगल मिटिङबाट नेपाल प्रेस ईन्स्टिच्युटका प्रमुख प्रशिक्षक तथा बरिष्ठ पत्रकार कपिल काफ्लेले प्रशिक्षण दिनुभएको थियो । ९९ जनाले तालिमको लागि आवेदन दिएकोमा विभिन्न जिल्लाका ६४ जनाको सहभागिता रहेको थियो । अन्तिम दिन सम्म नियमित सहभागी हुने ५१ जनालाई प्रमाणपत्र दिईने कुरा प्रशिक्षक कपिल काफ्लेले बताउनु भयो ।
समापन कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले तालिमले पत्रकारलाई अझ मर्यादित, निर्भिक, तथ्य परक र निडर भएर काम गर्न सहयोग गर्ने बताउनु भयो । पत्रकार आचारसंहिता पालना गरेर गरिएको पत्रकारितामा समस्या आएमा प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, प्रेस इन्स्टिच्युट नेपालको र आफ्नो सहयोग रहने बताउनु भयो । कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्युटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीको समेत सहभागिता रहेको थियो ।
तालिममा पत्रकार आचारसंहिता, सञ्चार निर्देशिका तथा पत्रकारले प्रयोग गर्नुपर्ने शुद्ध भाषा र शब्दको जानकारी सहितको शैली पुस्तिका काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत झमिन्द्र भुसालले दिनुभएको थियो । फिचर लेखन र यसको बृहत जानकारी वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालले दिनु भएको थियो । तालिममा वरिष्ठ पत्रकार तिर्थ कोइराला र काउन्सिलका उपप्रशासकिय अधिकृत रामशरण बोहोराले समेत प्रशिक्षण दिनु भएको थियो ।
Recent Comments