सेयर
बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि अब अनलाइनबाट टिकट काट्न सकिने भएको छ । शनिबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अनलाइन टिकट प्रणालीको उद्घाटन गर्नुभयो ।
सो क्रममा मन्त्री तामाङले अनलाइनमार्फत् टिकट काट्ने प्रणाली पर्यटकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । अनलाइनबाट टिकट काट्दा संस्थाभित्र हुने अनियमितता समेत रोकिइ पारदर्शी कारोबार हुने बताउनुभयो ।
लुम्बिनी विकास कोषको वेबसाइट www.lumbinidevtrust.gov.np मार्फत् टिकट काट्न सकिनेछ। स्वदेशी र विदेशी सबैखाले पर्यटकको सहजतालाई मध्यनजर गरी अनलाइन टिकट प्रणाली सुरु गरिएको कोषले जनाएको छ ।
अनलाइन टिकट प्रणालीले विदेशी पर्यटकको संख्या वृद्धि गराउन सक्ने कोषको विश्वास छ ।
shere this