किर्तेगरि आफ्नै कम्पनीका संचालकहरुलाई ठगी गरेको आरोपमा पक्राउ परेका रेमण्ड सर्टीङका संचालक संजय अधिकारीलाई नेकपाका नेताहरुको दवावपछि मुद्धा कमजोर बनाई अदालत पेश गर्ने तयारी रहेको खुलेको छ । रेमण्ड सर्टिङ, दरबारमार्गको उइपी रेष्टुरेण्ट र रेडियो राजधानीको अध्यक्ष समेत रहेका अधिकारी ४ करोड ८७ लाख किर्ते गरि ठगी गरेको आरोपमा पक्राउ परेपनि प्रहरीले भने उनलाई राजबन्दी जस्तो व्यवहार गरिरहेको पिडितहरुले आरोप लगाएको खबर हाम्राकुरा डटकमले लेखेको छ।
पक्राउ परेका अभियुक्त संजय अधिकारी र उनका छोरा समिरको रबाफको अगाडी प्रहरी भिजेको मुसा जस्तो भएको पिडितहरु बताउँछन्। प्रहरीको काम भने पक्राउ परेका अधिकारीलाई दिनभर उनको काममा जाँदा सुरक्षा दिने र साँझ सुत्न नर्भिकमा जाँदा वाहिर कुरुवा बस्ने मात्र भएको छ। आफुलाइ नेकपाको नेता भन्ने अधिकारीलाई नेकपाका नेताहरुले संरक्षण गर्दै आएका छन्। मिटर व्याजका वद्नाम अधिकारी कानुनको खिल्ली उडाउदै दिनको ४-५ जना प्रहरीहरु अघी पछी लगाइ प्रेस लेखेको गाडीमा दिनभर संगै घुम्ने गरेका छन् भने बिरामीको बहाना गरी रातमा नर्भिक अस्पतालमा सुत्न पुग्ने गरेको पिडितहरुको गुनासो छ।