काठमाडौं ।
कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी लकडाउन चैत २५ गते सम्मलाई बढाएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि सरकारले १८ चैत्रको विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । २५ चैत्र राति १२ बजेसम्म सीमा पनि बन्द गरेको छ । मान्छेको आवागमन रोकिएपनि ढुवानी सुचारु हुनेछ ।
सरकारले अर्थतन्त्रमा देखिएको समस्यालाई दृष्टिगत गरी राहत घोषणा गरेको छ । स्थानीय तहले राहत दिनुपर्ने पहिचान गरी श्रमिकहरुको लगत तयार गर्ने निर्णय गरेको छ । स्थानीय तहले दैनिक खाद्य आवश्यकता पुग्ने गरी लकडाउन अवधिभर उपलब्ध गराउनेछ ।
स्थानीय तह र प्रदेशले कोष खडा गरी राहत उपलब्ध गराउनेछ । रकम अपर्याप्त भएमा नेपाल सरकारको कोषबाट उपलब्ध गराउनेछ ।
shere this