काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी निकायको डाटा असुरक्षित रहेको बताउनुभएको छ । क्यान इन्फोटेक २०२३ को उद्घाटन गर्दै मन्त्री शर्माले सरकारी निकायका कागजात र सफ्टवेयर नै सुरक्षित नभएको र त्यसको जानकारी कहाँ जान्छ भन्ने थाहा नहुने अवस्था रहेको बताउनुभयो ।
गत साता सबैजसो सरकारी निकायको वेबसाइट ह्याक भएको विषय सार्वजनिक भएको थियो । सोही सन्दर्भमा मन्त्री शर्माले सरकारी निकायको डाटा असुरक्षित रहेको स्वीकार गर्नुभएको हो । उहाँले भन्नुभयो, “हाम्रा धेरै डाटा सेन्टर छन् तर त्यसको सुरक्षा छैन । आईटीको प्रयोग सरकारी निकायमा पनि भयो तर त्यसको मुख्य ‘की’ हामीसँग छैन्, जानकारी कहाँ जान्छ, भन्नेसमेत थाहा छैन ।”
मन्त्री शर्माले सूचना प्रविधिका साना साना कामबाट अर्बौं रुपैयाँ देश बाहिर जाने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभएको छ ।








































