प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्द संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ । यससँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको छ। संसद् सचिवालयमा संविधानको धारा १०१ को उपधारा २ बमोजिम आइतबार बिहान प्रधानन्यायाधीशविरुद्द महाअभियोग प्रस्ताव दर्ता भएको हो।
सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो ।
प्रधानन्यायाधीश जबराले महाअभियोग लागेको पत्र बुझ्नुभएको छ । पत्र बुझेलगत्तै उहाँ सर्वोच्च अदालतबाट बाहिरिइसक्नुभएको छ ।
महाअभियोगको प्रस्तावमा काँग्रेसकी पुष्पा भुसाल, माओवादी केन्द्रका देव गुरुङ्ग, एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक र मीनेन्द्र रिजालसहित ९८ जना सांसद समर्थक छन् ।