काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो १० दिनमा १० हजार संक्रमित थपिएका छन् ।
हालसम्म २८ हजार ९४१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । कोरोना निको भएर घर फर्किनेको उक्त संख्या हालसम्मकै बढी हो । हालसम्म सात लाख ६८ हजार ३४५ को पिसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ३५४ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका २९०, ललितपुरका ३२ तथा भक्तपुरका ३२ जना रहेका छन् । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या आठ हजार २५४ पुगेको छ । हालसम्म काठमाडौँमा छ हजार ६२४, ललितपुरमा ९१९ तथा भक्तपुरमा ७११ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका तीनसहित सात पुरुष तथा दुई महिला छन् । योसँगै संक्रमणबाट मर्नेको संख्या २८९ पुगेको छ । काठमार्डौँमा ८५ वर्षीय, ७४ वर्षीय र ६८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा मोरङकी ६५ वर्षीया महिला र ४५ वर्षीय पुरुष, झापामा ४५ वर्षीया महिला, पर्सामा ७७ वर्षीय पुरुष, धनुषामा ३५ वर्षीय पुरुष तथा चितवनमा ७० वर्षीय पुरुष रहेका छन् ।
shere this